Friday, March 6, 2015

मेरो त योग्यता पुग्दै पुगेन

४६ सालमा म हाईस्कूलमा पढ्थे, सरले अराजक तत्व भनिनेहरुले आन्दोलन वखेडा गरिराछन् भन्नुभाथ्यो,
जिप्रकाको गेट सम्म त गएकै हो, तर पुलिसले मलाई थुन्दै थुनेन ।



वहुदल आएपछी कती आन्दोलनमा गईयो, खै के भो भाग्यले साथ दिएन,
पुलिसको गालि सम्म त खाएकै हो, तर, जेल जानै सकिएन ।

राजतन्त्र टुङ्गिदै गर्दा खै कति पटक पो हो, खुट्टा दुखाईयो, चोटपटक लगाईयो,
तर खोरमा नै पुग्न सकिएन ।

पढियो–लेखियो राज्यको सेवा गर्छु भन्न गईयो र थाहा पाईयो, मेरो त योग्यता नै नपुगेको रहेछ,
जेल गएका जतिको योग्यता नपुगेको भनियो ।

दश पास हुँदा वाह्र चाहिने भनियो, वाह्र पासहुदा वीए भनियो, मास्टर्स पास हुदा फेरी योग्यता नै नपुगेको भनियो ।
विद्यावारिधी गरेपछी त मान भन्न गईयो, अहं, की त झण्डा वाला, की त डण्डावाला संग योग्यताको रिफारिस लिएर आउन भनियो,
उमेरमै खोर पुग्न सकिएको भए, पढ्ने–लेख्ने झन्झट नै नहुने रहेछ, एकवारको जीन्दगीमा वेक्कार समय वर्वाद गरिएछ ।

चालिस नाघ्यो योग्यता पुगेन, हनुमान ढोका घुम्न, धेरै पटक गईयो भित्र जान डर लाग्यो, त्यहाँवाट योग्यताको प्रमाण–पत्र ल्याउन सकिएन,
खै के गर्ने गर्ने, मेरो त योग्यता नै पुगेन ।

२–४ जना त पुलिस अधिकारी साथीहरु पनि त्यतै काम गर्थे, ए मलाई थुनिदे न भने,
उनिहरुले भने तरिका मिलेन,
खै केहो उनिहरुले पनि साथ दिएनन्, मेरो त योग्यता नै पुगेन ।

वुवाले चोर्नुहुन्न वा, भन्ने सिकाउनु भयो र चोर्न गएन, आमाले दुःख गरेर हुर्काउनु भयो र ठग्न सकेन,
खोरमा पर्ने कुनै काम नगर्नु भन्नु भाथ्यो, मैले त त्यै मानेको हो, खै त्यै चुके जस्तो छ, योग्य हुन सकेन ।
खै के गर्ने गर्ने, मेरो त योग्यता नै पुगेन ।

ठुलो आन्दोलनमा वरिष्ठ नभएकोले पहिलो लाईनमा जान दिएनन र खोर सम्म जान सकिएन,
मेरो वुवा आमाले कहिल्यै पिटेनन् त्यै भएर सानो आन्दोलनको पहिलो लाईन जहाँ पुलिसको लाठी पर्छ, त्यहाँ जान सकिएन,
अव म क गरौं लौन मेरो त योग्यतै पुगेन ।

न जनजाती भए, न दलित भए, न महिला भए, न मुस्लीम भए, न मधेशी भए, न अपांग नै भए, न शहिद भए, कुनै कोटामा पर्न सकिन,
लौन म लाछी के गरौं मेरो त योग्यतै पुगेन ।

अपहरण गर्न उक्साएको भए, पत्रकार पो हुन पाईन्थ्यो की,
पुलिसलाई राँकोले वजारेको भए मन्त्री पो हुन पाईन्थ्यो की,
जनतालाई मर्नमार्न तयार गर्दै गरेको भए, जनयुद्ध गरेको प्रमाण–पत्र पाईन्थ्यो की,
खै केही गर्न सकिएन, लाछी भइयो, एकवारको जीन्दगी त्यसै जाने भो,
अव म क गरौं लौन मेरो त योग्यतै पुगेन ।

No comments:

Post a Comment